- बाइरोड/थाहानगर/१७ जेठ
नेकपा माओबादी (केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य विष्णु विष्ट "आदर्श"मा कोरोना संक्रमण देखिएको छ ।
१७ जेठमा थाहा नगरपालिका ३ दम्कीमा गरिएको एन्टिजेन परिक्षणमा नेता "आदर्श"मा संक्रमण पुष्टि भएको हो । नेता "आदर्श"ले अब स्वास्थ्यका सबै मापदण्ड पूरा गरि होम आइसोलेसनमा बस्ने बताउनु भयो ।
आदर्शले आफुमा घाँटी खसखसाउनु बाहेकका अन्य कुनै लक्षण नरहेको समेत बाइरोडसङ्गको कुराकानीमा बताउनु भयो । १७ जेठमा थाहा ३ को दम्कीमा ३४ जनाको एन्टिजेन परिक्षणमा आदर्शसहित ५ जनामा संक्रमण पुष्टि भएको छ । नेता आदर्श थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार समेत हुनुहुन्छ
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments