○सुरेन्द्रमान प्रधान/थाहानगर/१७ जेठ
थाहानगरमा १७ जेठ (सोमबार) नेकपा माओबादी (केन्द्र)का एक प्रदेश नेतासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थाहा नगरपालिकाले टोलटोलमा गरेको परिक्षणको क्रममा थाहा ३ दम्की घर भएका नेकपा माओबादी (केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य विष्णु विष्ट "आदर्श"मा कोरोना संक्रमण देखिएको हो । उनीसहित दम्की, डाँडागाउँ र शिखरकोटमा ५३ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ जनामा पोजेटिभ पुष्टि भएको डा. रिकेश कार्कीले जानकारी दिनुभयो ।
यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १३ जनाको परिक्षणमा ६ जना, बज्रबाराही स्वास्थ्य चौकीमा ७ जनाको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा वडा नम्बर १ ओखर बजारमा १ जना, वडा नम्बर २ का ३ जना, ३ का २ जनामा पुष्टि भएको हो । यसैगरी, बज्रबाराही स्वास्थ्य चौकीमा गरिएको परिक्षणमा थाहा ६ का ४ जनामा संक्रमण पुष्टि भएको हो । यो समेत गरि सोमबारसम्म थाहानगरमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
१७ जेठसम्म ५५ जना निको भई सामान्य अवस्थामा फर्किसकेका छन् । ६ जनाको मृत्यु भएको छभने २० जनाको नगर बाहिरका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । ८ जना बज्रबाराही आइसोलेसनमा छन् । अन्य ४ सय ६५ जना होम आइसोलेसनमा छन् ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments