Byroad News

Loading...

चीनबाट आज भ्याक्सिन ल्याइदै


चीनबाट आज भ्याक्सिन ल्याइदै

१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको खोप लिएर १८ जेठमा नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गर्नु भेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज काठमाडौं आइपुग्ने बताइएको छ ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान १८ जेठ दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिनुभयो ।

गत ११ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका गर्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER