Byroad News

Loading...

संकास्पद पदार्थसहित चार पक्राउ


संकास्पद पदार्थसहित चार पक्राउ

हेटौंडा/१९ जेठ
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले संकास्पद बस्तु सहित चार जनालाई १९ जेठमा नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट ४ सय ५० मिलि ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । 
उनीहरुलाई अपरान्ह ५ बजेतिर हेटौंडा १ स्थित राप्ती होटलबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा हेटौडा ११ का बर्ष २४ का ठाकुर गजुरेल, सोही ठाउँ बस्ने बर्ष २० का हिमाल बर्तौला, हेटौडा १ चौकीटोल बस्ने बर्ष २७ का बिशाल पौडेल र हेटौडा ४ हुप्राचौर बस्ने बर्ष ३० का सोजन जोशी रहेको प्रहरीले जनाएको छ । 

 

 

Comments

KATHMANDU WEATHER