हेटौंडा/२१ जेठ
स्वास्थ्य कार्यालय मकवानपुरलाई प्लान ईन्टरनेशनल नेपालले साढे ६ लाख रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामाग्री सहयोग सहयोग गरेको छ । राडो नेपालको समन्वयमा शुक्रबार स्वास्थ्य कार्यालय मकवानपुरलाई ६ लाख ६५ हजार रुपियाँ बराबरको स्वास्थ्य साम्रगी सहयोग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शुक्रबार स्वास्थ्य कार्यालय मकवानपुरको परिसरमा आयोजित कार्यक्रममा जिल्ला समवन्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालमार्फत स्वास्थ्य साम्रगी हस्तातरण गरिएको थियोे । प्लान ईन्टरनेशनल नेपालले मकवानपुरमा कोरोनाको संक्रमण बढ्दै गएकाले स्वास्थ्य साम्रगीको अभाव हुन नदिन स्वास्थ्य कार्यालय मकवानपुर मार्फत वितरण हुनेगरी पिपई, एन्टिजेन्ट किट, भिटिएम, फेसशिल्ड, माक्स लगाएतको स्वास्थ्य साम्रगी सहयोग गरेको हो ।
स्वास्थ्य कार्यालय मकवानपुरलाई पिपिई ७५ थान, एन्टिजेन किट २ सय थान, डेड बडी र्यापिङ ब्याग २५ थान, भिटीएम १ हजार थान, एन ९५ मास्क ८५ थान, फेस सिल्ड २ सय थान, ग्लब्स १ हजार ५ सय थान, स्प्रे पम्प ५ थान र सेनिटाइजर २५ थान प्रदान गरिएको हो । यसैगरी प्लान नेपालले मकवानपुरको अन्य पालिकाहरुमा पनि स्वास्थ्य साम्रगी सहयोग गर्ने बताएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय, राडो नेपालका कृष्ण धिताल, दिपेन्द्र पाठक लगायतको समेत उपस्थिति थियो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments