थाहानगर/२२ जेठ
मकवानपुर प्रहरीले शनिबार राक्सिराङबट कैलाशका तीन जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।
शनिबार चैनपुरका प्रहरी सहायक निरीक्षक (असई) दीपकराज न्यौपानेको टोलीले राक्सिराङ ५ बोटबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा कैलास ७ का वर्ष ४७ का हिराबहादुर मोक्तान,
सोही ठाउँका बर्ष २४ का रामबहादुर मोक्तान र सोही ठाउँका बर्ष २४ का ठाकुर सुनार रहेका छन् । उनीहरुको साथबाट १२ किलो ३ सय ग्राम गाँजा बरामद भएको छ ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments