# Recent News
थाहानगर/२२ जेठ
आज जुन ५ अर्थात विश्व वातावरण दिवश । विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ ।
यसैक्रममा आज थाहानगरमा पालुङ जेसीजले वृक्षारोपण गरेर यो दिवश मनाएको छ । शनिबार साझ थाहा नगरको २ नम्बर वडास्थित पाथिभरा मन्दिर परिसरमा विभिन्न जातका बिरुवा रोपेर विश्व वातावरण दिवश मनाएको हो ।
पालुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष बिक्रम गोपाली, २ नम्वर वडाध्यक्ष गुप्तबहादुर कार्कीको प्रमुख अतिथि, पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, दीपज्योती इङ्लिस बोडिङ स्कुलका संस्थापक रामशरण थापा, मन्दिर संरक्षक समितिका अध्यक्ष माधव कार्कीलगायत पालुङ जेसीजका पदाधिकारीले वृक्षारोपण गर्नु भएको थियो । वृक्षारोपण पछि अबको संरक्षण मन्दिर संरक्षण समितिले गर्ने जनाइएको छ ।
Featured News
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments