थाहानगर/२३ जेठ
इलाका प्रहरी कार्यालय पालुङले अभद्र व्यवहारअन्तर्गत परेको उजुरीका आधारमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका १ सेराका ३६ वर्षीय सूर्यसिं ठकुरी रहेको प्रहरीले जनाएको छ ।
शनिबार विहान पक्राउ गरेका ठकुरीमाथि २१ जेठ राति खुकुरी लिइ अभद्र व्यवहार व्यवहार गरेको आरोप छ । उहाँलाई अभद्र व्यवहार अन्तर्गत आज (आइतबार) जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।
इलाका प्रहरी कार्यालय पालुङले आफ्नै हिरासतमा राखी म्याद थप गरेर मुद्दा चलाइएको यो पहिलो घटना हो । यसअघि आफ्नै हिरासतमा २४ घण्टा बढि राखेर मुद्दा चलाउने थिएन । हेटौंडा आउ जाउका लागि प्राविधिक रुपले समस्या हुने भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखी मुद्दाका प्रकृया पालुङबाट गर्दै आएको थियो । तर, यस पटक कोरोनाको जोखिम समेत रहेकोले अनलाइन प्रविधिको प्रयोग गरि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments