Byroad News

Loading...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा


प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा

काठमाडौं/२३ जेठ  
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

संवैधानिक इजलासको आज (आइतबार)को सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहने हुने कि नहुने भन्ने विषयमा बहस भयो । बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने जानकारी दिनु भएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका शेरबहादुर देउवासहित १ सय ४६ सांसदलगायत कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई रिट निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए ।

संवैधानिक इजलासमा न्यायाधीश रहने र नरहनेबारे दिनभर बहस भए पनि आदेश भने आउन सकेन । आज पनि बहस  मूल मुद्दामा प्रवेश नगरी सकिएको छ ।

Comments

KATHMANDU WEATHER