Byroad News

Loading...

बागमती सरकारले पास गर्‍यो नीति तथा कार्यक्रम


बागमती सरकारले पास गर्‍यो नीति तथा कार्यक्रम

हेटौंडा/२५ जेठ 
बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठक मंगलबार साँझ बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम पास गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।बैठकमा अन्य कुनै विषयमा छलफल भएको छैन । प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते बिहीबार सार्वजनिक हुँदैछ । बैठकमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल भने उपस्थित हुनु भएन । उहाँलाई मातृशोक परेकोले उपस्थित नहुनु भएको हो ।  

Comments

KATHMANDU WEATHER