काठमाडौं/२६ जेठ
यस वर्षको राष्ट्रिय जनगणना अभियान साउनदेखि असोजसम्म गर्ने तयारी गरिएको छ । कोरोना महामारीका कारण प्रभावित भएको राष्ट्रिय जनगणनाको पूर्व तोकिएको मितिमा गर्नु पर्ने कार्य प्रभावित भएको हो ।
सामान्य थियो भने हिजो(मंगलबार)देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न हुने थियो ।
प्रत्येक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना हो ।
हाल रोकिएको जनगणनाको काम अवस्था अनुकुल बन्दै गए साउनदेखि सुरु गरि असोजको बीचसम्ममा सम्पन्न गर्ने लक्ष लिइएको छ ।
१५ साउनदेखि १५ असाेजसम्म जनगणना गर्ने प्रस्ताव असार पहिलो साता मन्त्रिपरिषदमा लैजाने तयारी रहेको छ ।
सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेर ८ हजार सुपरीवेक्षक र ३९ हजार गणक समेत छनोट गरिसकेको विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि केन्द्र र प्रशिक्षण सामग्री समेत तयार पारेर जिल्लामा पठाइसकेको थियो ।
२० वैशाखसम्म तालिमलाई निरन्तरता दिँदै आएको विभागले कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि तालिम लगायत सबै कार्यक्रम स्थगित गरेको छ । वि.सं. १९६८ सालदेखि हरेक १०–१० वर्षमा हुँदै आएको जनगणनाको यो १२ औं पटक हो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments