- सुरेन्द्रमान प्रधान/थाहानगर/२६ जेठ
बेमौसमी तरकारीको भण्डारण क्षेत्र मानिने मकवानपुरको उत्तरी क्षेत्रका किसानलाई फेरि चिन्ता थपिएको छ, बेला नहुँदै रोपिएको काउली फुलेर ।
जापानीज कम्पनीको ह्वाइट टप र सुपर टप जातको काउली लगाएका किसानहरु यस वर्षपनि पीडित भएका छन् । केहि किसानको ब्याडमै फुल्न थालेका छभने केहि किसानको बेर्ना सारेको २०—२५ दिनमै काउली फुल्न थालेको छ ।

राम्ररी फुलेमा कम्तिका १ किलोदेखि २ किलोसम्म हुने काउली बेला नहुँदै फुल्नाले ५० देखि १ सय ग्रामसम्मको मात्रै भएको छ । झण्डै प्रति बोट १५ रुपियाँसम्मको लगानी पर्ने काउलीमा समस्या आउने गरेपनि किन यस्ता समस्याहरु आए भनेर अनुसन्धानहरु हुने गरेको छैन । गतवर्ष पनि यहि सिजनमा यस्तै समस्या भोगेका थिए ।
थाहा नगरपालिका कृषि शाखा प्रमुख सञ्जय तिवारीका अनुसार यो जातको काउली वर्षाको सिजनलाई मात्र हुने हुँदा अहिलेको सिजनमा काउली लगाउने कृषकले काउलीको जात नै फेर्नु पर्ने हुन्छ । अहिलेको सिजनमा नाइट्रोजनको कमी हुने हुँदा पनि काउलीको यस्तो समस्या आएको हुन सक्ने तिवारीको अनुमान छ । तिवारीका अनुसार बेर्ना छिपेपछि पनि यस्तो समस्या आउने गर्दछ ।

उता, यो वीउ बजारमा सजिलै पाउन भने गाह्रो छ । यो वीउका वितरकले यो वीउ बिल दिएर पनि विक्री गरिदैन । गत वर्ष प्रति १० ग्राम वीउकोे मूल्य ४ सय रुपियाँ रहेकोमा यो वर्ष १ सय १५ रुपियाँ बढीमा विक्री भएको छ । तर, विक्रेताले कृषकको यो समस्यामा कुनै सुनुवाई नगर्ने कृषकहरुको गुनासो छ ।

-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments