हेटौंडा/२७ जेठ
आज (बिहीबार) बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले अपराह्न ३ बजे बस्ने बागमती प्रदेशसभाको आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ ।
मुख्यमन्त्री डोरमणि पौडेललेको अध्यक्षतामा जेठ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति कार्यक्रमलाई स्वीकृत गरेको थियो ।
प्रदेश सरकारले आगामी आ.व.को लागि ५५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बजेटको प्राथमिकतामा कोभिड-१९ नियन्त्रण तथा रोकथामसहित शिक्षा र कृषि रहेको सरकारका प्रवक्ता आर्थिक मामिला एवं योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
प्रदेशसभाको यही जेठ १६ र १७ गतेको बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments