Byroad News

Loading...

कृष्ण थापाको मुद्दा चुडाल र प्रधानको इजलासमा


कृष्ण थापाको मुद्दा चुडाल र प्रधानको इजलासमा

काठमाडौं/२७ जेठ
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।

मंगलबार न्यायाधीश चुडालको एकल इजलासले सांसद थापालाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

सो मुद्दामा राष्ट्रिय जनमोर्चाले बुधबार पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।

गण्डकी प्रदेश सभामा आज (बिहीबार) मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका तोकिएको छ ।

Comments

KATHMANDU WEATHER