# Recent News
काठमाडौं/२७ जेठ
प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद बिस्तार गर्र्दै हुनुहुन्छ । हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आउनु भएको थियो ।
गृह मन्त्रीमा खगराज अधिकारी र सञ्चार मन्त्रीमा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाको नाम चर्चामा छ ।
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, वन तथा वातावरण मन्त्री नारदमुनी राना र कृषि मन्त्रीमा ज्वाला कुमारी साहलाई नियुक्त गर्ने स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भई मन्त्रिपरिषदमा थपिन लागेका सदस्यहरुबारे जानकारी गराउनु भएको थियो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments