Byroad News

Loading...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, खगराज अधिकारी गृहमन्त्री


प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, खगराज अधिकारी गृहमन्त्री

काठमाडौं/२७ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्‌मा सात मन्त्री र एक राज्यमन्त्री थप गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयले नेपालको संविधान अनुसार बिहीवार मन्त्रिरिषद् विस्तार भएको जनाएको हो।

गत साता प्रधानमल्त्री ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा संलग्न गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको थियो । 

विस्तारित मन्त्रिपरिषद्‌मा निकै चासोपूर्वक हेरिएको गृह मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका नेता खगराज अधिकारीले पाउनु भएको छ । यसअघि ओली नेतृत्वमा रहेको एमालेमा प्रवेश गर्नु भएका पूर्वमाओवादी नेता रामबहादुर थापा गृहमन्त्री हुनुहुन्थ्यो । गैरसांसदलाई मन्त्री नियुक्त गर्नु संविधानविपरीत भएको सर्वोच्चको आदेशपछि जेठ महिलो साता थापा गृहमन्त्रीबाट मुक्त हुनु भएको थियो । 

बिहीवार मन्त्रिपरिषद् विस्तार गर्दा थापाकी पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै पूर्वमाओवादीबाट एमाले प्रवेश गर्नु भएकी ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, पहिले एमालेको माधव नेपाल समूहमा रहनु भई पछिल्ला ओली गुटमा प्रवेश गर्नु भएका गणेश पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासन, एमालेकै मोहन बानियाँ बिनाविभागीय, नारदमुनि राना वन तथा वातावरण र जनता समाजवादी पार्टीका राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त हुनु भएको छ । 

एमालेकै आशा विकले वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ । 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल समूहद्वारा ओलीको प्रस्ताव ुअस्वीकारु
गत साता पुनर्गठित मन्त्रिपरिषद्‌मा ओलीले यी मन्त्रालयहरू आफैँसँग राखेका थिए।

जसपाको महन्त ठाकुर—राजेन्द्र महतो समूह सरकारमा सामेल भएपछि ओलीले गत साता तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्‌मा हेरफेर गर्नु भएको थियो । 

Comments

KATHMANDU WEATHER