Byroad News

Loading...

आयो थाहानगरमा नि:शुल्क एम्बुलेन्स


आयो थाहानगरमा नि:शुल्क एम्बुलेन्स

थाहानगर/२८ जेठ
‘नि:शुल्क एम्बुलेन्स’ अभियानअन्तर्गत थाहा नगरपालिका १ ओखरबजारले संचालन गरिन लागेको एम्लुलेन्स २८ जेठमा पालुङ आइपुगेको छ । 
झन्डै साँढे दुई वर्ष अगाडि घोषणा गरिएको ‘नि:शुल्क एम्बुलेन्स’ कार्यक्रम अन्तर्गत स्थानीय ओखरबजार बासीहरुले स्वघोषणा गरि एम्बुलेन्स खरिदका लागि रकम जम्मा गरेका थिए । त्यसरी जम्मा गरिएको रकम करिब २४ लाख रुपियाँ रहेको एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष सुुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो । 

तत्कालै झन्डै आधा रकम नगद नै संकलन भएपछि प्राविधिक रुपमा थाहा नगरपालिकाको नाममा एम्बुलेन्स खरिदका लागि प्रक्रिया सुरु गरिएको थियो । सो अभियानअन्तर्गत प्राय: ओखर बजारबासिन्दाहरुको संलग्नता छ । अब एम्बुलेन्स संचालन कार्यविधि तयार गरी संस्थागत रुपमा ल्याय्म्ह पुच: मकवानपुर शाखाले संचालनको जिम्मा लिइने पुच:का केन्द्रीय कोषाध्यक्ष जर्म श्रेष्ठले बताउनु भयो ।

एम्बुलेन्स खरिदका लागि प्रक्रिया ढिला हुने भएपछि एम्बुलेन्स संचालक समितिले अर्को एम्बुलेन्स प्रयोग गरे बापतको भाडा भुक्तानी गर्दै आएको थियो ।
‘आर्थिक अभावले मानिस अस्पताल पुग्न नपाइ मर्न नपरोस् भन्ने चाहनाले हामी युवाहरुले २०७५ सालको न्हुदँया भिन्तुनाको अवसरमा यो कार्यक्रम घोषणा गरेका थियौँ, सबै जनताले विश्वास गर्नुभयो ।’ समितिका अध्यक्ष प्रधानले भन्नुभयो, ‘विभिन्न चाडवाड तथा जन्मदिनहरुमा खुसीयाली मनाउने चलनहरुले महत्व लिइरहेको छ, त्यसरी क्षणिक रमाइलोमा खर्च गर्नु भन्दा सामाजिक सेवामा मन जाओस् र हामी अर्काका लागि बाँच्दैछौँ भन्ने भावना पनि जागृत होस् भन्ने चाहानाले यो एम्बुलेन्स खरिद गरेका हौँ ।’

तत्काल संचालन कार्यविधि बनाएर स्थानीय सरकारसमेतसँग परामर्श लिएर संचालन शुभारम्भ गरिने पुच:का केन्द्रीय कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो । नयाँ एम्बुलेन्स शुक्रबार मात्रै बीरगञ्ज भन्सारबाट पालुङ ल्याउँदैछ । 
     

Comments

KATHMANDU WEATHER