Byroad News

Loading...

कांग्रेस सांसदको आपत्तिजनक अभिब्यक्ति, प्रधानमन्त्री बिरुद्ध नाथुराम बन्ने उद्घोष


कांग्रेस सांसदको आपत्तिजनक अभिब्यक्ति, प्रधानमन्त्री बिरुद्ध नाथुराम बन्ने उद्घोष

हेटोंडा/२८ जेठ
बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका एकजना प्रदेश सभा सदस्यले आपत्तिजनक अभिब्यक्ति दिनु भएको छ । 

प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिदै प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको बताउनु भएको हो । ‘खड्ग प्रसाद ओलीलाई रोक्ने हो भने उनले यो देश खाइदिन्छन्, उनले भने, ‘अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो यो, कोही बन्न तयार छैन भने म बन्छु।’

उहाँले प्रधानमन्त्री ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गरेको बताउनु हुँदै उहाँले ओली हत्याको लागि नाथुराम बन्न कोहि अघि नबढे आफै नाथुराम बन्ने चेतावनी समेत दिनु भयो । उहाँले ओलीलाई नरोके देश नरहने समेत दाबी गर्नु भयो ।

बैद्यले सदस्य मर्यादा नाघेर अभिब्यक्ति दिनु भएको हो । उहाँले सरकारका उपप्रधानमन्त्री समेत रहेका नेता राजेन्द्र महतोलाई नेपाली नागरिक हो कि हैन भन्ने प्रश्न समेत गर्नु भयो ।
नाथुराम गोडसेले सन १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या गरेका थिए।

Comments

KATHMANDU WEATHER