काठमाडौं/२८ जेठ
कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको डेढ महिना पुगिसक्यो । यो अवधिमा संक्रमण दर घट्दै गएको भन्दै निषेधाज्ञा खुकुलो पार्न सरकारलाई दबाब बढेको छ । स्थानीय जनप्रतिनिधिहरुले पनि उपत्यका प्रवेश नाकामा कडाई गर्नुपर्ने, तर भित्र जनजीवन सामान्य बनाउँदै लैजानुपर्ने सुझाव दिएका छन् ।
स्थानीय प्रशासन पनि क्रमशः निषेधाज्ञा खुकुलो पार्दै जानुपर्नेमा सहमत छ । तर विगतमा एकैपटक निषेधाज्ञा खोल्दा संक्रमण बढेको प्रति गृह मन्त्रालय सचेत छ । त्यसैले विज्ञसँग पनि परामर्श लिएर निषेधाज्ञा खुकुलो बनाउनुपर्ने अधिकारीहरुको भनाइ छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच असारदेखि निजी सवारीसाधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस विषयमा असहमति जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल भन्नुहुन्छ ‘जोखिम कम भइसकेको होइन, त्यसैले अहिलेकै अवस्थामा सवारीसाधन खोल्नु जोखिमपूर्ण छ ।’ यद्यपि स्वास्थ्यबाट आधिकारिक निर्णय गरेर सुझाव भने दिइनसकेको उहाँलाई उदृत गर्दै अनलाइनखबरले समाचार लेखेको छ ।
यही बीच प्रशासनले असार १ देखि ७ गतेसम्म निषेधाज्ञा थप्ने मनस्थिति बनाएको छ । तर कुन–कुन क्षेत्र थप खुकुलो बनाउने भन्ने चाहिँ टुंगो लागि सकेको छैन ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्नुहुन्छ ‘जेठ ३१ गते तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको विषयमा निर्णय गर्छौं ।’
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments