Byroad News

Loading...

नरोत्तम वैद्यको अभिव्यक्तिमा कांग्रेस प्रवक्ताले भने- शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ


नरोत्तम वैद्यको अभिव्यक्तिमा कांग्रेस प्रवक्ताले भने- शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ

काठमाडौं/२९ जेठ
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा एक कांग्रेस सांसदले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

शुक्रबार बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताउनु भएको थियो ।

गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।

वैद्यलाई आफ्नो शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहने प्रवक्ता शर्माले बताउनु भएको छ । तर्कले आपत्तिजनक शब्द छोप्ने पार्टीको परम्परा नरहेको उहाँको भनाइ छ।

शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, 'सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न! आवेगको बोली र व्यवहार 'भावनात्मक उत्तेजना' भनेर उन्मुक्ति हुन्न। शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन!' उहाँले अगाडि लेख्नु भएको छ, 'अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन।'

सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न l शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ l तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइनl

प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भन्नु भएको थुयो, 'खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’ 

Comments

KATHMANDU WEATHER