हेटौंडा/२९ जेठ
नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले जेठ २८ गते प्रदेशसभामा बोलेको अभिब्यक्ति निन्दनिय रहेको भन्दै उहाँलाई तत्कालै निलम्बन गरि आवश्यक कारबाही गर्न आग्रह गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले निकटका विभिन्न भातृ तथा सुभेच्छुक संघसंगठनले आज (शनिबार) बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल तथा सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै तत्कालै निलम्बनको माग गरेको हो ।
राष्ट्रिय युवा संघ मकवानपुर, अनेरास्ववियु मकवानपुर, अनेमसंघ मकवानपुर, प्रेस चौतारी नेपाल, मकवानपुर, नेपाल खेलकुद महासंघ, मकवानपुर, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, मकवानपुर तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीले संयुक्त रुपमा ध्यानाकर्षण पत्र पेश गर्दै बैद्यको निलम्बनको माग गरेका हुन् । उनीहरुले निलम्बन गरि आवश्यक कारबाहीको समेत माग गरेका छन् ।
शुक्रबार प्रदेशसभामा बोल्नु हुँदै बैद्यले प्रधानमन्त्रीको हत्या गर्न उक्साउने अभिब्यक्ति दिनु भएको थियो । उहाँले प्रधानमन्त्री ओलीलाई रोक्न महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्से बन्न पनि आफु तयार रहेको बताउनु भएको थियो ।
बैद्यले प्रधानमन्त्री विरुद्ध आपराधिक टिप्पणी गरेपछि उहाँको चौतर्फी आलोचना भएको थियो । बैद्यको उत्त टिप्पणी पछि शनिबार लै मकवानपुरमा यी संघसगठनले प्लेकार्ड सहित बिरोध प्रर्दशन समेत गरेका छन् ।
युवा संघ नेपालका स्थायी कमिटी सद्स्य सन्तोष चौलागाईंको नेतृत्वको टोलीले हत्या जस्तो जघन्य अपराध गर्ने पाशविक बर्बरतापूर्ण सोच भएका सांसद बैद्यको अभिब्यक्ति तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन बागमती प्रदेशसभाका सभामुखको ध्यानाकर्षण गराउनु भएको हो । नेता चौलागाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा थ्रेट बढाउने कुत्सित मनसायका विरुद्ध डटेर सामना गर्ने बताउनु भयो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments