थाहानगर/२९ जेठ
नि:शुल्क एम्बुलेन्स सेवा अभियान मानव हुनुको गुण भएको मेयर लवशेर विष्टले बताउनु भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नं. १ ओखरबजारबासिन्दाहरुले खरिद गरिएको एम्बुलेन्सको शनिबार आयोजित उद्घाटन कार्यक्रममा थाहानगरका मेयर विष्टले दु:खमा सहयोग गर्ने उद्देश्यले खरिद गरिएको एम्बुलेन्स सेवा लै मानवतामा हुनु पर्ने गुणको नमूना रहेको टिप्पणी गर्नुभयो ।
गाउँ गाउँबाट उठ, बस्ति बस्तिबाट उठ भन्ने गीतका शब्दहरु स्मरण गर्नुहुँदै मेयर विष्टले सबैको सहभागितामा मात्र मुलुक निर्माण हुने बताउनु भयो ।
कार्यक्रममा नि:शुल्क एम्बुलेन्स संचालक समितिका संयोजक सुरेन्द्रमान प्रधानले ओखरबजारका युवाहरुको अगुवाइमा भएको नि:शुल्क एम्बुलेन्स संचालनको योजना सफल भएको बताउनु हुँदै अब कोहि पनि गरिब असहायले एम्बुलेन्सको अभावमा मर्नु नपर्ने बताउनु भयो । उहाँले वार्षिक रुपमा जन्मोत्सव, विवाहलगायतका खुसीयालीमा गरिने अनावश्यक खर्चहरुको कटौति गरी एम्बुलेन्स संचालन कोषमा आवद्ध हुन आव्हान समेत गर्नुभयो ।
हालसम्म एम्बुलेन्स खरिदका लागि कुनै पनि प्रशासनिक खर्च नभएको र अभियानमा क्रियाशील व्यक्तिहरुले नै निजी खर्च गरिरहेको जानकारी दिँदै कोहि पनि असहायहरुलाई पूर्ण रुपमा नि:शुल्क सेवा दिन कार्यविधि तयार भइरहेको बताउनु भयो ।
३० महिनाअघि नेपाल संवत् न्हूदँया भिन्तुनाको अवसरमा घोषणा गरि ३ दिनमा करिब २४ लाख रुपियाँ स्थानीयबाट संकलन गर्न सफल भएका थिए । नि:शुल्क एम्बुलेन्स संचालक समितिले निश्चित रकमको अक्षय कोष स्थापना गर्ने लक्ष्यका साथ कार्य संचालन गरिरहेको संयोजक प्रधानले जानकारी दिनुभयो ।
सो अभियानमा ओखरबजार घर भई देशविदेशमा रहेकाहरुको समेत आर्थिक सहयोग रहेको छ ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments