Byroad News

Loading...

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित ५ जना मन्त्रीले लिनुभयो सपथ


गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित ५ जना मन्त्रीले लिनुभयो सपथ

पोखरा/२९ जेठ 
गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जना मन्त्रीले सपथ लिनु भएको छ । 

नव नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ गराउनु भएको छ ।

मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिनु भएको हो ।

मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बताइएको छ । आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडि बढ्नु भएको बुझिएको छ ।

Comments

KATHMANDU WEATHER