Byroad News

Loading...

थाहामा निषेधाज्ञा प्रशासनको आदेश अनुसार हुने


थाहामा निषेधाज्ञा प्रशासनको आदेश अनुसार हुने

काठमाडौं/३० जेठ 
कोरोना भाइरसविरुद्धको खोप लगाइ नदिएको भन्दै ट्यांकर चालकले आन्दोलन गरेपछि वाग्मती प्रदेशमा पेट्रोलियम ढुवानी अवरुद्ध भएको छ ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आह्वानमा संघको वाग्मती प्रादेशिक कार्यालय थानकोटबाट जिल्ला र पम्पहरुमा हुने पेट्रोलियम ढुवानी आज (आइतबार)देखि रोकिएको छ । चालकको आन्दोलनका कारण प्रादेशिक डिपोमा अमलेखगञ्ज डिपो र बरौनीबाट हुने ढुवानीसमेत अवरुद्ध भएको छ ।

संघका अध्यक्ष ईश्वर लामाले कोरोना महामारीका कारण चालक तथा तिनका परिवारको ज्यानै जाने अवस्था आउँदा पनि डिपोले खोपको व्यवस्था नगरेका कारण आन्दोलन गरेको बताउनु भयो । ‘अमलेखगञ्जमा एक जना चालकको ज्यान गयो, कयौं साथीहरु अझै गम्भीर संक्रमण भएर बसेका छन्, हाम्रो सुरक्षामा उदासीनता देखाइयो,’ अध्यक्ष लामाले भन्नुभयो ।

निगमको वाग्मती प्रदेश कार्यालय डिपो थानकोटका डिपो प्रमुख अभिषेक ठाकुरले अत्यावश्यक सेवा नरोक्न ट्यांकर चालकलाई सम्झाउने प्रयास भइरहेको बताउनु भयो । 
प्रादेशिक डिपो मातहतका झण्डै पाँच सय ट्यांकरमध्ये निषेधाज्ञाको समयमा दैनिक १२० ट्यांकर पालो गरेर सञ्चालन भइरहेका थिए ।

ट्याङ्कर चालक संघले चालकलाई खोपको व्यवस्था गरिदिन डिपोमा गरेको आग्रह निगमको मुख्य कार्यलय र स्वास्थ्य मन्त्रालयमा पठाएको तर खोप उपलब्ध हुन नसकेको ठाकुरले गुनासो गर्नु भयो ।

Comments

KATHMANDU WEATHER