काठमाडौं/१ असार
मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।
‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसक्यो । पानी परेको पर्यै छ । के गर्ने गर्ने भन्ने स्थिति आयो,’ उहाँले भन्नुभयो, ‘बेलैमा यहाँका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन ।’
डीएसपी खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताउनु भयो । ‘यहाँ भएका सबै जनतालाई माडास्थित कारागारमा पुर्याएका छौं । तर, हामी नै बाढीको मारमा परिसकेका छौं । हामी नै असुरक्षित भइसकेका छौं,’ उहाँले भन्नुभयो ।
लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको डीएसपी खड्काले जानकारी दिनुभयो ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments