Byroad News

Loading...

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा तत्काल राहतको व्यवस्था गर्न प्रचण्डको आग्रह


बाढीपहिरोबाट प्रभावित क्षेत्रमा तत्काल राहतको व्यवस्था गर्न प्रचण्डको आग्रह

कोठमाडौं/२ असार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरो प्रभावित परिवारलाई राहत तथा उद्धारको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नु भएको छ । 

उहाँले अर्थमन्त्री विष्णु पौडेललाई फोनमार्फत् राहत र उद्धारका लागि तत्काल बजेट निकास गर्न आग्रह गर्नु भएको उहाँका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिनुभयो ।

‘जवाफमा अर्थमन्त्रीले आफू तदाकरुकताका साथ लागिरहेको बताउनुभएको छ’, उहाँले भन्नुभयो ।

दुई दिनदेखि आइरहेको बाढी पहिरोले देशभरका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।

उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा जुट्न पनि आग्रह गर्नु भएको छ । बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिन तथा घाइतेलाई नि:शुल्क उपचार गर्न प्रचण्डले माग गर्नु भएको छ ।

प्रचण्डले संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन आग्रह गर्नु भएको छ ।
 

Comments

KATHMANDU WEATHER