थाहानगर/३ असार
वर्षातको समय सुरु भएसँगै मकवानपुरमा पनि बाढी पहिरोको जोखिम बढ्ने गरेको छ । मकवानपुर जिल्ला बाढीपहिरोको उच्च जोखिम क्षेत्रको रुपमा रहँदै आएको छ ।
मकवानपुर जिल्लाको १० वटै स्थानीय तह बाढीपहिरोको जोखिम क्षेत्रको रुपमा रहेको छ । हेटौँडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, बागमती गाउँपालिका बाढीको उच्च जोखिमयुक्त क्षेत्र हुन् भने बकैया, थाहा नगरपालिका, भीमफेदी, इन्द्रसरोवर, मकवानपुरगढी, राक्सिराङ तथा कैलाश गाउँपालिका भने बाढी र पहिरो दुबैको जोखिम क्षेत्रको रुपमा रहेको छ ।
मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाको बागमती नदिसहित चौरा खोला र दर्जन बढि चुरेबाट झर्ने खहरे खोलाको कारण उक्त गाउँपालिकामा बर्षेनि सयौं हेक्टर जमिन कटान हुनुको साथै मानवीय क्षति समेत हुने गरेको छ । यता बकैयाको सिमात, बकैया खोलासहितका दर्जनौं साना खोलाहरु र चुरेबाट बग्ने सयौँ साना, मझौला खहरेले यहाँ पनि सयौँ हेक्टर खेतीयोग्य जमिन नष्ट गर्नुको साथै मानिहरुको घरबार समेत नष्ट गर्ने गरेको पाइएको छ । बकैयाको महाभारत क्षेत्र तथा चुरेको फेदीमा पहिरोको समेत समस्या छ । त्यहाँ पहिरोको कारण वर्षेनि दर्जनौं परिवार विस्तापित हुने गरेको छ ।
हेटौँडा उपमहानगरपालिकामा राप्ति, कर्रा खोलाले वर्षैनि डुवान तथा कटान गर्ने गरेको छभने हर्नामाडी हटिया क्षेत्रमा चुरे क्षेत्रबाट बहने खहरेखोला पनि वर्षातमा समस्याको रुपमा रहेको छ ।
पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ तथा कैलाश गाउँपालिकामा रहेका मनहरी खोला, लोथर खोला तथा राप्ति खोलाले त्यहाँ वर्षेनि ठूलो मात्रामा जमिन कटान गर्नुको साथै बस्तिमा खोला पस्ने समस्या पनि रहेको छ । यी बाहेक पहाडी क्षेत्रमा पहिरोको समेत समस्या छ । उता मकवानपुरगढी, भीमफेदी, थाहा नगरपालिका क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ । थाहानगरमा भने बाढी तथा पहिरोको समस्या निकै रहेको छ । मकवानपुर गढी गाउँपालिकाको आमभञ्याङ, सुकौरा, बुढीचौर क्षेत्रमा बाढी तथा पहिरोको उच्च जोखिम रहँदै आएको छ भने खानीको अव्यवस्थित उत्खननको कारण यी क्षेत्रमा पहिरोको पनि उच्च जोखिम रहेको छ ।
यसैबीच, बिहीबार थाहानगरस्तरीय बिपद व्यवस्थापन समितिको बैठकले जोखिम क्षेत्रहरुको पहिचान गरि पूर्व व्यवस्थापनमा लाग्ने निर्णय गरेको छ । नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा बसेको बैठकले थाहानगर भरी जोखिम क्षेत्रहरुको पहिचान गरि बिपत आइहाले सुरक्षित बस्ने क्षेत्रहरुको पहिचान समेत गर्न सम्बन्धित कार्यालयहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
आम नागरिकहरुलाई सुरक्षित रहन सूचित गर्दै बाढिपहिरोमा परिहाले तत्काल राहतको व्यवस्थापनमा जुट्ने उपाय पनि बैठकले निकालेको छ । नेपाली सेना, प्रहरी, राजनीतिक दल, पत्रकार, रेडक्रस सम्मिलित समितिले राहतका लागि विभिन्न संघसंस्थाहरुलाई माग गर्ने र केही राहत सामग्री खरिद गर्ने समेत निर्णय भएको सामाजिक विकास अधिकारी अनिल लामिछानेले जानकारी दिनुभयो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments