# Recent News
काठमाडौं/३ असार
प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ । सर्वोच्च अदालतको महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नु भएको हो ।
राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री पदमा दावी गर्नु भएका नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दुवैले संसदबाट विश्वासको मत पाउने अवस्था नदेखिएको हुनाले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको जवाफ दिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कारण सोध्दै प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ मागेको थियो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments