पोखरा/४ असार
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिदै हुनुहुन्छ ।
शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लाग्नु भएको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनु भयो ।
एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गर्नु भएका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनु भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।
विपक्षमा एमालेका २७ सांसद रहेका छन्। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त हुनु भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ। जसका कारण सत्तापक्षलाई बहुमत पुर्याउन केही सहज हुने पक्का छ।
मुख्यमन्त्री बनेकै दिन मन्त्रिपरिषद् गठन गरेका पोखरेलले हालसम्म मन्त्रीहरूको कार्य विभाजन गर्नु भएको छैन । मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्री परिषद् गठन गरेका उहाँले आफूबाहेक अन्य सबै मन्त्रीलाई विनाविभागीयमा राख्नु भएको छ । अब विश्वासको मत लिनु भएपछि मात्र मन्त्रीहरूको कार्य विभाजन गर्ने उहाँको तयारी छ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments