Byroad News

Loading...

पर्यटक आगमन पुरानै लयमा फर्कन अझै दुई वर्ष लाग्ने


पर्यटक आगमन पुरानै लयमा फर्कन अझै दुई वर्ष लाग्ने

काठमाडौं/४ असार
कोरोना भाइरसको महामारीका कारण अतिप्रभावित बनेको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कने अझै दुई वर्ष लाग्ने भएको छ । सरकारले स्वयंले यस्तो प्रक्षेपण गरेको हो ।

राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचनाको प्रक्षेपणअनुसार पर्यटक आगमन सन् २०१९ कै अवस्थामा फर्काउन अर्को दुई वर्ष लाग्ने छ ।

आर्थिक वर्ष अनुसार २०७६/०७७ मा ११ लाख ९७ हजार जना रहेको पर्यटक आगमन चालु आर्थिक वर्ष २०७७/०७९ मा पछिल्लो दुई दशकयताकै सबैभन्दा कम २ लाख ३० हजार जनामा झर्नेछ ।

आगामी आ.व. २०७८/०७९ मा यो संख्यामा सामान्य वृद्धि भई ५ लाख जनासम्म पुग्ने अनुमान सरकारले गरेको छ । त्यसपछिको आर्थिक वर्ष २०७९/०८० मा मात्र पर्यटक आगमन ११ लाख पुग्ने भएको छ । यो संख्या आ.व. २०७६/०७७ मा आएको पर्यटक संख्याको हाराहारी हो ।

१५ औं आवधिक योजनाको अन्तिम वर्ष आ.व. २०८०/०८१ मा भने वार्षिक १५ लाख पर्यटक पुग्ने अनुमान गरिएको छ । सरकारले सन् २०२० मै वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । आगामी तीन वर्षमा समेत यो लक्ष्य भने पुरा नहुने स्वीकार सरकारले गरेको छ ।

उता, निजी क्षेत्र समेत अन्यौल कायम रहेका कारण तत्काल पर्यटन क्षेत्र कसरी अगाडि बढ्छ भन्न नसक्ने अवस्थामा रहेको छ । होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह अहिले यो क्षेत्र कुहिरोभित्र हराएको काग जस्तै भएको बताउनु हुन्छ ।

‘हामी अब कसरी अगाडि बढ्ने हो, लक्ष्य भेटाउन के गर्ने भन्ने बारे स्पष्ट नै छैन,’ उहाँको भनाई उदृत गर्दै अनलाइनखबरले समाचार लेखेको छ । 

Comments

KATHMANDU WEATHER