Byroad News

Loading...

सामुदायिक विद्यालयहरुमा शुल्क उठाउन बन्द गर्न काङ्ग्रेसको माग


सामुदायिक विद्यालयहरुमा शुल्क उठाउन बन्द गर्न काङ्ग्रेसको माग

थाहानगर/४ असार
माद्यमिक तहसम्म पूर्ण नि:शुल्क रहेको शिक्षा क्षेत्रमा सामुदायिक बिद्यालयहरुले शुल्क असुल गर्दै आएको ध्यानाकर्षण गर्दै आगामी वर्षदेखि शुल्क असुली रोक्न थाहा नगरपालिकासङ्ग नेपाली काङ्ग्रेसले माग गरेको छ ।

थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठले नगर प्रमुख लवशेर विष्टमार्फत आगामी नीति तथा कार्यक्रमका लागि सुझाव पत्र बुझाउदै सामुदायिक विद्यालयहरुमा आवश्यकता अनुसारको दर्बन्दी व्यवस्था गर्न माग गर्दै पठनपाठन नि:शुक्क गर्न माग गरिएको हो ।

सुझाव पत्रमा काङ्ग्रेस नगर समितिले कोभिड-१९ नियन्त्रणलाई प्राथमिकता दिन आग्रह गर्दै कोभिड बिरामीहरुलाई नि:शुल्क औषधि उपलब्ध गराउने नीति समावेश गर पनि सुझाव दिइएको छ ।
 
सुझाव पत्रमा मुहानबाट खानेपानीको व्यवस्था हुन नसके लिफ्टिङ प्रविधि अपनाएर भए पनि खानेपानीको व्यवस्था गर्न ध्यानाकर्षण गरिएको छ ।

कृषिसङ्ग सम्बन्धित मझौला तथा घरेलु उद्योगको स्थापनाका लागि प्राथमिकता दिन जोड दिदै प्रत्येक वडाहरुमा कृषि कार्यालय स्थापनाको लागि नीति बनाउन अनुरोध गरिएको छ ।

काङ्ग्रेसले कुन्छाल कुलेखानी सडकलगायत नगरका भित्री सडकहरुको स्तरोन्नती गर्न ध्यानाकर्षण गरिएको छ ।

पर्यटनतर्फ साँस्कृतिक पर्यटनलाई जोद दिनु पर्ने उल्लेख छ । 
अहिलेको जङ्गलको अवस्था उत्पादनमुखी नभएको उल्लेख गर्दै फलफूललगायत जडिबुटीसहितको जङ्गल बनाउन अनुरोध गरिएको छ ।

विपद व्यवस्थापनमा पूर्वाधारसहित पूर्व तयारीमा रहन अनुरोध गर्दै सधैंव सचेत रहने नीति अवलम्बन गर्न ध्यानाकर्षण गरिएको छ । 

युवाहरुलाई सीपमूलक तालिमहरुको व्यवस्था गरि स्वरोजगार बनाउन पर्ने तथा सरकारी कार्यालयहरुमा सेवा प्रवाह चुस्त बनाइ भ्रष्टाचार मुक्त नगर बनाउनु पर्ने सुझाव पत्रमा उल्लेख छ ।
सुझाव पत्र जस्ताको तस्तै:

Comments

KATHMANDU WEATHER