Byroad News

Loading...

बागमती प्रदेशको युवा परिषदको उपाध्यक्षमा सन्तोष चौलागाई नियुक्त


बागमती प्रदेशको युवा परिषदको उपाध्यक्षमा सन्तोष चौलागाई नियुक्त

हेटौंडा/४ असार 
बागमती प्रदेश युवा परिषदको उपाध्यक्षमा मकवानपुरका युवा सन्तोष चौलागाई नियुक्त हुनुभएको छ । 

शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको नीति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । 

नियुक्त भएका चौलागाईलाई सपथ ग्रहण गराउदै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समग्र युवा बिकासका लागि महिला युवाहरुको सक्रियता बढाउनेगरि काम गर्न सुझाव दिनुभएको छ । 

बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्तर्वार्ताका लागि छनौट गरेको थियो ।

Comments

KATHMANDU WEATHER