काठमाडौं/४ असार
प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनु पर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष छ ।
कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाउनु भएको थियो ।
केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा छलफल नगरी गठबन्धनको धारणा आएको भन्दै प्रश्न उठाउनु भएको थियो भने डा. शेखर कोइरालाले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आउनु भएको छ । तर, शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको छ ।
‘दलहरुबीचको सहकार्यलाई अगाडि बढाउने प्रस्ताव आजको केन्द्रीय समितिले अनुमोदन गरेको छ,’ केन्द्रीय सदस्य एनपी साउदलाई उदृत गर्दै अनलाइनखवरले लेखेको छ, ‘लोकतन्त्र र संविधान जोगाउन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको हो ।’
२० चैत २०७७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको र अहिले बनेको विपक्षी गठबन्धन देउवाकै नेतृत्वमा सरकार बनाउन भएको कांग्रेसले बताएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका पनि अनुमोदन गरेको छ । अब साउन १२ गते वडा अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments