Byroad News

Loading...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत


गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा/४ असार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाउनु भएको छ । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भन्नेको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभयो ।

उहाँको पक्षमा ३१ सांसदले मतदान गर्नुभयो । ५८ सांसदले मतदान गर्नु भएकोमा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गर्नु भयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २ सांसद हुनुहुन्छ भने एक जना स्वतन्त्र सांसद हुनुहुन्छ ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित हुनु भएका सांसद कृष्ण थापालाई भने उहाँको दलले निष्कासन गरेका कारण पदमुक्त हुनु भएको छ ।

Comments

KATHMANDU WEATHER