काठमाडौं/५ असार
मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आज प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छभने, हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
यसैगरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments