Byroad News

Loading...

एमालेकै लेटरप्याडमा प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई नियुक्ति दिएको खुलासा


एमालेकै लेटरप्याडमा प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई नियुक्ति दिएको खुलासा

रुपन्देही/५ असार
सामान्य सूचनादेखि प्रेस विज्ञप्तिसम्म प्रदेश प्रमुखको लेटरप्याडमै निकाल्ने लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीलाई भने संसदीय दलकै लेटरप्याडमा नियुक्ति दिनु भएको खुलेको छ । 

दलको लेटरप्याडमै हस्तलिखित अक्षरबाट संविधानको धारा उल्लेख गरी हस्ताक्षर गरेर नियुक्ति दिनु संविधानकै मर्म विपरित भएको कानुनविदको तर्क छ । वैशाख १९ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने भएपछि राजीनामा दिनु भएको थियो । बिहान राजीनामा दिएर दिउँसो विशेष अधिवेशन अन्त्य गर्नु भएका मुख्यमन्त्री पोखरेललाई त्यही दिन साँझ नै प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा पुन: नियुक्त गर्नु  भएको थियो ।

पोखरेल अल्पमतमा रहेको र नियुक्त नगर्न दबाब दिएका विपक्षी गठबन्धनको आग्रह वेवास्ता गर्दै नियुक्त गर्नु भएका प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीले पेश गर्नु भएको संसदीय दलको निवेदनमा नै ‘बैठकको टिप्पणी’ सदर गरेजस्तै गरी नियुक्त गरेको खुलेको हो ।

Comments

KATHMANDU WEATHER