# Recent News
काठमाडौं/६ असार
आगामी १४औं महाधिवेशनमा विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उमेदवारी दिनु हुने भएको छ ।
उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति उठ्ने घोषणा गरिसक्नु भएको छ । देउवाले शनिबार प्रदेश २ का नेताहरुलाई भेट्दै आफू सभापति उठ्ने बताउनु भएको थियो । सोही क्रममा निधिले आफु समेत सभापतिमा उठ्ने बताउनु भएको छ । उहाँले आफूले यसअघि पनि यो बारे सभापतिलाई भनेको भन्दै स्मरण गराउनु भएको छ ।
उहाँले सभापतिमा देउवाको समर्थन चाहेको समेत बताउनु भएको छ। निधि देउवा खेमाकै नेता हुनुहुन्छ । केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । चुनावको पूर्वसन्ध्यानमा हुन लागेको यो नेतृत्वले आगामी ५ वर्ष पार्टी मात्र नभई सरकारको समेत संचालनमा भूमिका खेल्न सक्छ ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments