Byroad News

Loading...

LIVE कृषकहरुले किन अनुदान पाउँदैनन् ? कसरी पाउँछन् अनुदान ?

थाहानगरले सय जना किसानलाई बाली बिमाको सुविधा दिइने

LIVE कृषकहरुले किन अनुदान पाउँदैनन् ? कसरी पाउँछन् अनुदान ?

LIVE

थाहानगर/६ असार
थाहा नगरपालिका कृषि विकास शाखाले आउँदो वर्ष एक सय जना कृषकहरुको बाली बिमामा सहयोग गर्ने भएको छ । 
बाइरोड न्यूजसँग कुरा गर्दै कृषि विकास शाखा प्रमुख सञ्जय तिवारीले सो कुरा बताउनु भएको हो । प्रति कृषक २ लाख रुपियाँका दरले १ सय जना कृषकका लागि बाली बिमा योजनामा सहयोग गर्न लागिएको हो । 

बाली बिमाका लागि सरकारले केन्द्रीय कार्यक्रम अन्र्तगत ७५ प्रतिशत प्रिमियम व्यहोर्दै आएको छ भने बाँकी २५ प्रतिशत नगरले व्यहोरेर सत प्रतिशत नै कृषकले नि:शुल्क बिमा गर्न पाउने छन् । 

जस्तै बाली लगाउन मल, वीउ, ज्याला तथा अन्य खर्च गरी कुल लागत १ लाख रुपियाँ पर्ने भयो भने सो बापतको प्रिमियम ५ हजार रुपियाँ लाग्नेछ । ५ हजार प्रिमियमको ७५ प्रतिशत अर्थात ३ हजार ७५० रुपियाँ केन्द्रीय सरकारले व्यहोर्नेछ भने नगर कृषि विकास शाखाले १ हजार २५० रुपियाँ व्यहोरेर ५ हजार प्रिमियम भुक्तानी गर्नेछ । यो हिसावले आउँदो वर्षमा प्रति कृषक २ लाख रुपियाँको लागतका आधारमा १ सय जना कृषकलाई बिमा योजनामा सामेल गराउने योजना छ । 

थाहानगरमा कुल ८ हजार ६ सय ४९ घरधुरी रहेकोमा ३३०० हेक्टर क्षेत्रफलमा बाली लगाउने गरिएको छ । कृषि विकास शाखाको रेकर्ड अनुसार नगरमा ६ सय हेक्टरमा आलु, १४ सय हेक्टरमा तरकारी, १३ सय हेक्टरमा मकै, २ सय हेक्टरमा धान, १३५ हेक्टरमा फलफूल, २ सय हेक्टरमा कोदो र २ सय हेक्टरमा गहुँ बाली लगाउने गरिएको छ । (एउटै जग्गामा मिश्रित बाली लगाइने हुँदा कुल खेती गरिने जग्गा, बाली लगाइएको जग्गाको विवरण मिल्दैन) अधिकांश बाली विभिन्न प्राकृतिक प्रकोपका कारण क्षति हुँदा वर्षेनी कृषकहरु मर्कामा पर्ने गरेका छन् । त्यसरी मर्कामा पर्दा कम्तिमा कृषकको लागत नडुयोस् भन्ने हेतुले बाली बिमा लागू गरिन लागेको कृषि विकास शाखा प्रमुख तिवारीले बताउनु भयो । बाइरोड न्यूज सम्पादक सुरेन्द्रमान प्रधानले प्रमुख तिवारीसँग गर्नु भएको कुराकानी जस्ताको तस्तै: 

Comments

KATHMANDU WEATHER