Byroad News

Loading...

सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न देउवालाई सुझाव


सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न देउवालाई सुझाव

काठमाडौं/६ असार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेता कृष्ण प्रसाद सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न उहाँ निकट नेताहरूले सुझाव दिनु भएको छ ।

पार्टीको आगामी महाधिवेशनबाट सभापतिमा आफ्नै निरन्तरता दिनको लागि तयारीमा जुट्नु भएका देउवालाई नेताहरूले सिटौलालाई कार्यवाहक बनाएमा पार्टी सहजढंगले अगाडि बढ्ने र सभापतिमा जित्न सहज वातावरण बन्ने भन्दै सुझाव दिनु भएको हो ।

स्रोतका अनुसार नेता भीमसेनदास प्रधानले देउवालाई सिटौलालाई कार्यवाहक बनाएर अघि बढे नेतृत्व लिन सहज हुने सुझाव दिनु भएको हो ।

देउवा आगामी महाधिवेशनबाट पनि आफ्नै नेतृत्वमा पार्टी अघि बढाउने सोचमा तयारी गरिरहनु भएको छ । शनिबारदेखि सातै प्रदेशका आफू निकट नेताहरूसँग छलफलमा जुटिरहनु भएको छ । शनिबार प्रदेश १ र २ का नेताहरूसँग छलफल गर्नु भएका उहाँले आज (आइतबार) बागमती प्रदेशका नेताहरूसँग छलफल गर्नु भएको छ । 

Comments

KATHMANDU WEATHER