काठमाडौं/६ असार
शेयर बजारमा आज एकैदिन ६३.२८ अंकले गिरावट आएको छ ।
यस दिन ११ अर्ब ८१ करोड रुपियाँको शेयर किनबेच भएको छ। २३२ कम्पनीहरुको कारोबार हुँदा १७ कम्पनीको मूल्य मात्रै बढेको छभने अरु २१५ कम्पनीको मूल्य घटेको छ।
आजको गिरावटपछि बजारको परिसूचक २९०५ अंकमा कायम भएको छ। २ बजेर ५० मिनेट जाँदा बजार २८८१ अंकसम्म झरेको थियो। अन्तिम १० मिनेटमा केही सम्हालिएको हो।
जलविद्युत कम्पनीका लगानीकर्ता गुमाउनेमा अगाडि देखिएका छन्। बोर्डको विज्ञप्तिमा ‘जोखिमयुक्तमा सबैभन्दा धेरै अर्थात सूचीकृतमध्ये आधा कम्पनी जलविद्युत कम्पनीहरु छन्।
केही जलविद्युत आयोजनाहरुमा अविरल वर्षाका कारण क्षति पुगेकाले पनि जलविद्युत कम्पनीको शेयर बिक्रीमा चाप परेको छ। सबै समूहहरु ओरालो लागेका छन्।
जलविद्युत समूह १०१ अंकले घटेको छ। बैंकिङ ३५, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १६५, फाइनान्स ८०, निर्जीवन बीमा २७९, उत्पादन १४९, अन्य ५१, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ३१० अंकले घटेका छन्।
यस दिन युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ८.८ प्रतिशतले घटेको छ। बरुण र नेपाल हाइड्रो डेपलपरको मूल्य ८.७ प्रतिशतले घटेको छ।
खानीखोला हाइड्रो, घलेम्दी हाइड्रो, सिइडिबी हाइड्रोको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ।
यस दिन कुमारी बैंकको संस्थापक समूहको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशतले बढेको छ। त्यस्तै गोर्खा फाइनान्सको मूल्य ८ प्रतिशतले बढेको छ भने नेशनल हाइड्रोको मूल्य ३ प्रतिशतले बढेको छ।
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भनी व्याख्या गर्दै लगानी गर्नुपूर्व संयमता अपनाउन आग्रह गरेयता बजार निरन्तर ओरालो लागेको छ। बोर्डले मंगलबार विज्ञप्ती जारी गरेर संयमता अपनाउन आग्रह गरेको थियो।
त्यसपछि बुधबार ५२ अंकले झरेको बजार बिहीबार १ अंकले घटेपछि बजार सम्हालिने अनुमान थियो। तर आइतबार आएको ६२ अंकको गिरावटले पुन: केही दिन बजार घट्न सक्ने अनुमान छ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments