Byroad News

Loading...

थपियो एक हप्ता निषेधाज्ञा तर अझै खुकुलो (हेर्नुहोस् के के खुल्ने?)


थपियो एक हप्ता निषेधाज्ञा तर अझै खुकुलो (हेर्नुहोस् के के खुल्ने?)

थाहानगर/६ असार
मकवानपुरमा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । आज (आइतबार) बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जारी निषेधाज्ञा अझै एक हप्ता थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले असार ७ गते राति १२ बजेदेखि असार १४ गते राती १२ बजेसम्म लागू हुने गरी उक्त निर्णय गरेको हो ।

जिल्ला कोभिड संकटको यसअघि बसेको बैठकले जिल्लामा भोलि असार ७ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको थियो ।

बैठकले फलफुल, खाद्यान्न र तरकारी पसल बिहान ४ बजेदेखि १२ बजेसम्म र हाड्वेयर, कपडा, जुत्ता र कस्मेटिक पसल दिउँसो १२ बजेदेखि ४ बजेसम्म खुलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । साथै बैठकले होटल र रेस्टुरेन्टबाट होम डेलिभरी गर्न मात्रै पाइने र निजी क्षेत्रबाट संचालित अटो, मयुरी, कार, जीप र मोटरसाइकललाई जोर–विजोर प्रणाली अनुसार संचालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

तर, बैठकले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ खोपेगल्ली र हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० बर्सपार्कमा रहेको तरकारी पसललाई भने अझै संचालनमा ल्याउन नदिने भएको छ ।                                          जिल्ला प्रशासन कार्यालयको निर्णय

Comments

KATHMANDU WEATHER