थाहानगर/७ असार
आज असार ७ गते अर्थात् थाहा आन्दोलनका प्रणेता स्व. रुपचन्द्र विष्टको २२ औं स्मृति दिवश । आज विकास घर अगाडि विष्टको सालिकमा माल्यार्पण गरेर स्मृति दिवश मनाइदैछ । कोरोनाका कारण विहान ११ बजे सामान्य रुपमा कार्यक्रम आयोजना गरिएको थाहा नगरपालिका प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो ।
वि.स. १९९० साल पौष २६ गते बुबा पदमबहादुर विष्ट र आमा चित्रकुमारी विष्टको कोखबाट मकवानपुरको तत्कालीन शिखरकोट गाउँ पञ्चायत घर्तिखोलामा जन्मेका रुपचन्द्र विष्ट जीवनको सक्रिय उमेरसम्म मानिस जगाउने अभियानमा लागे ।
किसान र मजदुरको पक्षमा वा भनौं जनमुखी राजनीति गरि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसङ्गै जेल समेत भोगेका विष्ट जनमुखी नेता जसलाई जसरु, रुदाने, थाहा नामले देशैभर प्रख्यात भए ।
तत्कालीन अवस्थामै नारी शिक्षा र विकास निर्माणमा जनसहभागिताको महत्व देखाएका विष्ट पछिल्लो समय निस्कृय राजनीतिक जीवन बिताउदै गर्दा २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो । पछिल्लो समयले राज्यले उनको सम्मानमा हुलाक टिकट समेत निष्कासन गरिएको थियो ।स्व. विष्टप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments