काठमाडौं/७ असार
आज (सोमबार) देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।
यस्तै भोलि (मङ्गलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ। राती प्रदेश नं १ ,बाग्मती प्रदेश, र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।
बुधवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ। राती प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा र प्रदेश नं १ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments