Byroad News

Loading...

नेपाल प्रहरीमा थपियो एआइजीको दरबन्दी


नेपाल प्रहरीमा थपियो एआइजीको दरबन्दी

काठमाडौं/८ असार
काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप भएको छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । 

हाल नेपाल प्रहरीमा प्रशासनतर्फ तीन वटा एआइजीको दरबन्दी छ । अब नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको दरबन्दी चार वटा हुनेछ ।

यो निर्णयसँगै भावी प्रहरी महानिरीक्षकको खेलमासमेत फेरबदल हुने आँकलन गरिएको छ । हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नौ महिनापछि अवकाश पाउँदै गर्दा विश्वराज पोखरेल महानिरीक्षकका एक्ला दाबेदार रहनु भएको थियो । तर दरबन्दी थप भएपछि महानिरीक्षक पदमा अब दुई जनाको प्रतिस्पर्धा हुनेछ ।

Comments

KATHMANDU WEATHER