# Recent News
काठमाडौं/९ असार
एसिड आक्रमणमा परेका पीडितहरुको उपचार तथा औषधि खर्च आजीवन सरकारले बेहोर्ने भएको छ ।
‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि २०७८’ मा पीडितको कस्मेटिक उपचार बाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने उल्लेख छ । कार्यविधि जेठ ३१ गतेबाट लागू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीडितले कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन गएमा अनिवार्य रुपमा यथाशीघ्र निःशुल्क प्राथमिक तथा आकस्मिक उपचार प्रदान गर्नुपर्ने व्यवस्था उल्लेख छ । प्राथमिक तथा आकस्मिक उपचारपछि आवश्यकता अनुसार थप उपचारका लागि स्वास्थ्य मन्त्रालयले तोकिएको अस्पतालमा रोफर गर्नुपर्ने छ ।
स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को २०७७ भदौ २९ को आदेश अनुसार उक्त कार्यविधि बनाएको हो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments