Byroad News

Loading...

राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम


राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

काठमाडौं/९ असार
निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको हो ।पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ । 

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जीवन राईको नेतृत्वमा सो दल दर्ता भएको हो । गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो ।  सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।

Comments

KATHMANDU WEATHER