Byroad News

Loading...

असार १३ गतेदेखि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा दिने


असार १३ गतेदेखि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा दिने

हेटौंडा/१० असार
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आउँदो असार १३ गतेदेखि सेवाप्रवाह पुनः सुरु गर्ने जनाएको छ ।

कोरोना कहरका कारण करिब दुई महिनादेखि अवरुद्ध रहेका विभिन्न सेवा पुनः सञ्चालन गर्न लागिएको हो । नयाँ नागरिकता, प्रतिलिपि र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित तय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा नागरिकता तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई निश्चित गरिएको हो ।

थाहानगर, कैलाश, राक्सिराङ र इन्द्रेसरोबर गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि मङ्गलवार र बुधबार सेवा प्रदान गरिनेछ ।

त्यसैगरी मनहरी, वाग्मती, बकैया मकवानपुरगढी र भीमफेदी गाउँपालिका सेवाग्राहीले बिहीबार र शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन् । हेटौँडा उपमहानगरका सेवाग्राहीलाई आइतबार र सोमबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिनेछ ।

कोरोनाको सङ्क्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको जिप्रकाले जनाएको छ । सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्य मास्क लगाई स्वास्थ्य मापदण्ड पालन गर्नसमेत भनिएको छ ।

Comments

KATHMANDU WEATHER