Byroad News

Loading...

युरो कपको अन्तिम १६ मा कुन-कुन टिमबीच हुँदैछ भिडन्त? (खेल तालिका सहित)


युरो कपको अन्तिम १६ मा कुन-कुन टिमबीच हुँदैछ भिडन्त? (खेल तालिका सहित)

काठमाडौं/१० असार
युरो २०२० को समूह चरणको खेल सकिएका छन्। समूह चरणका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लागेको छ।

अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगे। यस्तै ६ समूहमा तेस्रो हुने ४ टिमले पनि अन्तिम १६ मा स्थान पाए। तेस्रो भएका ६ टिममध्ये उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाएका हुन्। 

समूह 'ए' बाट इटाली विजेता, वेल्स उपविजेता र स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो टिमको रुपमा नकआउट चरणमा पुगे। 

समूह 'बी' बाट बेल्जियम विजेता र डेनमार्क उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भए। फिनल्यान्ड ३ अंक जोडेर तेस्रो बने पनि अन्तिम १६ मा पुग्न सकेन। 

यस्तै समूह 'सी' बाट नेदरल्यान्ड्स विजेता, अस्ट्रिया उपविजेता र युक्रेन उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे। युक्रेनले ३ अंक जोडे पनि गोलअन्तरमा अघि रहन सफल भयो। उसले गोलअन्तरमा फिनल्यान्ड र स्लोभाकियालाई पछि पर्‍यो। 

समूह 'डी' बाट इंग्ल्यान्ड विजेता, क्रोएसिया उपविजेता र चेक उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे। 

समूह 'ई' मा स्विडेन विजेता र स्पेन उपविजेताको रुपमा अन्तिम १६ मा पुगे। अन्तिम खेलमा स्पेनसँग ५-० ले पराजित हुँदा स्लोभाकिया ३ अंक जोडे पनि उत्कृष्ट तेस्रो टिम हुन सकेन। स्लोभाकिया युक्रेनसँग गोलअन्तरमा पछि पार्‍यो। 

समूह 'एफ' बाट फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगे। 

अब अन्तिम १६ का खेल शनिबारदेखि सुरु हुनेछ। 

अन्तिम १६ का खेल तालिकाहरु:

वेल्स भर्सेस डेनमार्क -  असार १२ गते राति ९:४५ बजे  - आम्स्टर्डम 
इटाली भर्सेस अस्ट्रिया - असार १२ गते राति १२:४५ बजे  - लन्डन

नेदरल्यान्ड्स भर्सेस चेक - असार १३ गते राति ९:४५ बजे-  बुडापेस्ट
बेल्जियम भर्सेस पोर्चुगल - असार १३ गते राति १२:४५ बजे-  सेभिया 

क्रोएसिया भर्सेस स्पेन - असार १४ गते राति ९:४५ बजे-  कोपनहगेन

फ्रान्स भर्सेस स्विट्जरल्यान्ड - असार १४ गते राति १२:४५ बजे - बुचारेस्ट

इंग्ल्यान्ड भर्सेस जर्मनी - असार १५ गते राति ९:४५ बजे - लन्डन 
स्विडेन भर्सेस युक्रेन - असार १५ गते राति १२:४५ बजे-  ग्लाजगो

Comments

KATHMANDU WEATHER