Byroad News

Loading...

सर्वोच्चले मन्त्रीहरू पदमुक्त गरेपछि जसपाको ठाकुर पक्षका नेता बैठक बस्दै


सर्वोच्चले मन्त्रीहरू पदमुक्त गरेपछि जसपाको ठाकुर पक्षका नेता बैठक बस्दै

काठमाडौं/१० असार
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताहरू आज(बिहीबार) छलफल गर्न लाग्नु भएको छ ।

दिउँसो १ बजे बबरमहलमा उहाँहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लाग्नु भएको हो ।

जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जानु भएको थियो। महतो उपप्रधान तथा सहरी विकास मन्त्री हुनु भएको थियो ।

जसपा ८ मन्त्री र २ राज्यमन्त्रीसहित ओली सरकारमा गएको थियो।

तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका थिए। मंगलबार पदमुक्त भएका मन्त्रीहरू र नेताहरू अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलमा जुट्न लागेका छन्।

अध्यक्ष ठाकुर पक्ष पार्टीभित्र विवादका बाबजुद सरकारमा गएको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनतर्फ लागेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका लागि अगाडि सार्दै हस्ताक्षर गर्नु भएको थियो ।

अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारवाहीसमेत गर्नु भएको  थियो ।  तर निर्वाचन आयोगले ठाकुर र यादव दुबै पक्षको कारवाहीलाई कार्यान्वयनमा ल्याएको छैन।

Comments

KATHMANDU WEATHER