Byroad News

Loading...

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त


संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौं/१० असार
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्नु भएको छ ।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरिएको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेपछि उहाँहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्नु हुने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उहाँहरुको सिधै नियुक्ति भएको हो ।

को को भए नियुक्ती?                            अख्तियार दुरुपयोग अनुसन्धान आयोग:

हरि पौडेल, सदस्य

सुमित्रा श्रेष्ठ, सदस्य

लोकसेवा आयोग:

माधवप्रसाद रेग्मी, अध्यक्ष

माधव बेल्बासे, सदस्य

वीरबहादुर राई, सदस्य

दिनेश सिलवाल, सदस्य

मञ्जुकुमारी, सदस्य

निर्वाचन आयोग:

सगुनशम्शेर जबरा, सदस्य

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

विपिनराज निरौला, सदस्य

राष्ट्रिय महिला आयोग

जया घिमिरे, सदस्य

सावित्राकुमारी शर्मा, सदस्य

सुन्दर पुर्कोटी, सदस्य

राष्ट्रिय समावेशी आयोग:

रामकृष्ण तिमल्सेना, अध्यक्ष

पुष्पराज तिमिल्सिना, सदस्य

मानप्रसाद खत्री, सदस्य

आदिवासी जनजाति आयोग:

सूर्यबहादुर गुरुङ, सदस्य

मधेशी आयोग:

आभाकुमारी, सदस्य

थारु आयोग:

उमाशंकर प्रसाद चौधरी, सदस्य

शान्ति मोदी, सदस्य

मुस्लिम आयोग:

मोहम्मद समशुल हक, सदस्य

-अनलाइन खबरबाट साभार

Comments

KATHMANDU WEATHER